Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै होइन-मिरज ढुंगाना

काठमाडौं ।जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् ।

शनिबार राजधानीमा नयाँ पार्टी घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ढुंगानाले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो ।’

उनले विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्ने पनि बताए । उनले भने, ‘३ करोडमा ८० लाखलाई छुटाएर हुन्छ रु त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाड्न हुँदैन । यो नभइ पनि हामी निर्वाचनमा जानेवाल नै छैनौं ।’

उनले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताए । उनले भने, ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर होइन । यो क्लियर होस् ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np