विप्लव, जनार्दन र घनश्यामबीच राजनीतिक सहकार्य गर्न सहमति,आजै संयुक्त विज्ञप्ति निकाल्ने तयारी

काठमाडौं । नेकपाका महासचिव नेक्रविक्रम चन्द्र विप्लव, जनार्दन शर्मा र घनश्याम भूसालबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ।
शुक्रबार बिहान हरिसिद्धीस्थित हात्तीवन विप्लव निवासमा भएको छलफलमा ती नेताबीच बृहत् वामपन्थी एकता अभियान लागि सहकार्य गर्ने सहमति भएको हो।
तीन नेताबीच सहमति भएपछि आजै संयुक्त विज्ञप्ति निकाले तयारी रहेको एक नेताले बताए। नेकपा माओवादी र नेकपा एससहित १० वाम घटकबीचको एकताप्रति असहमति जनाउँदै जनार्दन र घनश्याम अलग भएका छन्।
शर्माले माओवादी छाडेर प्रगतिशील अभियान घोषणा गरेका छन्। भने घनश्यामले नेकपा एस नै पुनर्गठन गर्ने घोषणा गरेका छन्। १० वाम पार्टी मिल्दा विप्लव नेतृत्वको नेकपा पनि विभाजित बनेको छ। यी तीन नेताहरू लामो समयदेखि संवादमा थिए।
विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार निर्माणलगायतका मागसहित शक्ति प्रदर्शन गरेको थियो। उक्त सभामा विप्लवले ‘सच्चा कम्युनिस्ट पार्टीहरूबीच एकता अनिवार्य छ’ भन्दै वाम सहकार्यका लागि आह्वान गरेका थिए।



