Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा ( एमाले )ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन गर्दै

काठमाडौं,। प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो ।

एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका क्रियाकलाप अघि बढाएको छ । एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न, भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न र तोडफोड। लुटपाट। आगजनीमा संलग्न अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ ।

यसअघि एमालेले कार्तिक २५ गते देशभरका स्थानीय तहमा प्रदर्शन र सभा गरेको थियो । एमालेले मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएको एमालेले मंसिर २ गते बस्नेगरी विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएर संसद् पुनःस्थापना लगायत समसामयिक राजनीतिक विषयमा थप रणनीति तय गर्ने तयारीमा छ । सरकारले आगामी फागुन २१ गते चुनाव घोषणा गरेको छ । एमालेले भने प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनलाई असंवैधानिक दाबी गर्दै आएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np