Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक- अध्यक्ष ओली

काठमाडौं,  । नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अहिलेको सरकार असंवैधानिक रहेको र यो हट्नुपर्ने बताएका छन् । आज मंगलबार विघटित एमाले संसदीय दलको बैठकमा  उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले देशलाई अन्धकारतर्फ धकेलेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले देशद्रोहीविरुद्धका काममा एमाले चुप लागेर बस्न नसक्ने बताए । उनले एमाले संविधान र लोकतन्त्रको पक्षमा उभिने बताए ।  प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी लडाईँ र सडक संघर्ष दुवै प्रकारको कदम चाल्नुपर्ने बताएका छन् ।

‘कानुनी लडाई लड्छौ । दोस्रो सडक सङ्घर्ष गर्छौं । एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुन्छ,’– ओलीले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np