Global Force Media

२०८३ बैशाख १ - Tue Apr, 2026 -

प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी

काठमाडौँ- जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।

प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिससमा पनि इमास ७ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन् ।

प्रोटन इमास ७ ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।

यी मूल्याङ्कनहरूले इमास ७ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनिले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

हाल नेपालमा इभी बजार आकर्षित भएको समयमा इमास ७ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np