Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

संसदमा बारम्बार विश्‍वासको मत लिनुपर्ने तमासाबाट मुक्तः प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरु  मुक्त भएको बताएका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलले गएको ६ महिनामा संसदीय राजनीतिमा लयतर्फ फर्किएको समेत बताए । उनले सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको जिकिर गरे ।

उहाँले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको उल्लेख गरे । उनले संसद प्रतिपक्षीको मात्रै नभएको भन्दै सरकारका कामलाई निषेध गर्ने काम उचित नभएको बताए ।

ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा नरहेको तर्क गरे । प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत् कानून संशोधन गरिएपछि सुशासन र व्यवसायीक वातावरण निर्माणमा देशले अभूतपूर्व सुधारको थालनी गरेको दावी गरे ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो । संविधान संशोधनका लागि सरकारपक्षीय दलहरुसँगको छलफल गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले सरकार ढल्न लाग्यो भनेर विपक्षीले समय व्यर्थमा फालेको भन्दै सरकार ०८४ सम्म टसमस नहुने जिकिर गरे । उनले भ्रमपूर्ण कुरा गर्नुभन्दा सरकारलाई रचनात्मक सुझाव दिन प्रतिपक्षीलाई सुझाव दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np