Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

कांग्रेसको योजना : यसरी दिइनेछ साढे १२ लाखलाई नयाँ रोजगारी

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाखलाई नयाँ रोजगारी दिनेदेखि पूर्वाधार विकासका कार्यक्रम समेटिएको छ । आज कांग्रेस मुख्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसले यो पाँच वर्षमा साढे १२ लाख युवालाई नयाँ रोजगारी दिने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । घोषणा पत्रअनुसार उद्यम, रोजगारी, निजी क्षेत्रबाट यस्तो सम्भव कांग्रेसले देखाएको हो ।

‘दक्षिण एसियाली छिमेकीहरूको दाँजोमा हाम्रो औसत छ,’ घोषणा पत्रमा भनिएको छ, ‘ उत्पादकत्व वृद्धि दर न्यून रहेको अवस्थमा अबको ५ वर्षमा सुधारको अपेक्षा भए पनि लागत नघटाई, उद्यम–आबद्ध जनशक्तिको क्षमता नबढाई गर्न सकिनेछ ।’

नेपालमा करिव ७० लाखभन्दा वढी जनसंख्या विभिन्न अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक प्रकारका रोजगारी र स्वरोजगारमा आवद्ध छन् । सवैभन्दा वढी उद्योगको अंश ५.६% बाट ९% व्यक्ति संलग्न भएको पाँच क्षेत्रमा पहिलो कृषि (१५ लाख), दोस्रो थोक तथा खुद्रा विक्री (१२ लाख), तेस्रो उत्पादनमूलक उद्योग (११ लाख), चौथो निर्माणमा (१० लाख), र पाँचौ शिक्षा क्षेत्रमा (पाँच लाख) रोजगारी भएको देखिएको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै नेपालमा वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गर्दछ । तर, २०७७–०७८ मा दर्ता भएका २ सय ३ नयाँ उद्योगले जम्मा ११ हजार ८ सय ३३ रोजगारी मात्र प्रस्तावित गरेको अवस्था छ भने लोकसेवा आयोगका विभिन्न क्षेत्रमा जम्मा ३ हजार ७ सय ५४ जनाको विज्ञापन गरिएको थियो । यो निराशाजनक अवस्थामा लाखौको संख्यामा मर्यादित रोजगारी सृजना गर्न ठूलै संरचनात्मक पहल चाहिने भएकोले नेपाली कांग्रेसले आर्थिक क्षेत्रका विद्यमान नीतिगत, कानूनी र प्रक्रियागत अड़चनलाई व्यापक नयाँ चरणको ’ओम्निवस’ सुधार गर्दै न्युनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको  जनाएको छ । 

रोजगारीका संभावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सृजना गर्ने सङ्कल्प नेपाली कांग्रेसले गरेको छ ।

कांग्रेसले उद्यमशील समाज र रोजगारीलाई प्रमुखतामा राखेर यस्ते संकल्प गरेको हो ।  नेपालमा उच्च सम्भावना एवं आत्मनिर्भर हुँदै गरेका उद्योगहरूको थप व्यावसायीकारण गर्ने, लगानी प्रवर्द्धनसँग सम्बन्धित आर्थिक सहुलियत एवं उत्प्रेरणाहरू पूर्वगम्य हुने, जग्गा प्राप्ति सहज बनाउने, उद्योगको प्रकति हेरी कर्जामा फरक ब्याज दर तोक्ने, नवीन र गतिशील उद्योगहरूमा लचिलो श्रम नीति र स्वच्छ ऊर्जाको उपयोगमा अनुदान दिने नीतिअनुरुप यस्ते सम्भव हुने विश्वास कांग्रेसको रहेको छ ।

विदेशी लगानीलाईसमेत कांग्रेसले आधार मानेको छ । प्रत्यक्ष विदेशी लगानीको सहजीकरण गर्न कम्पनी दर्ता, लगानी स्वीकृति आदि स्वचालित प्रक्रियाबाट गर्ने कांग्रेसको घोषणा पत्रमा उल्ल्ेख छ ।

विश्वसनीय लगानीकर्ताले ‘फास्ट ट्रयाक’ मा रकम भित्र्याउन सक्ने, विदेशी वित्तीय संस्थाबाट ऋण लिने, गैरआवासीय नेपालीले विदेशी मुद्रामा गरेको बचत र लगानीमा भएको नाफा फिर्ता लैजान पाउने तथा नेपाली उद्योगहरूलाई क्रमशः विदेशमा लगानी गर्न दिने नीति तर्जुमा गरिने कांग्रेसको तयारी हो । यसैगरी विदेशी मुद्रा विनिमय दर जोखिम व्यवस्थापन गर्न हेजिङ्ग सम्बन्धी नियमावली, २०७५ लाई संशोधन गरिने छ ।
 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np