Global Force Media

२०८३ बैशाख १२ - Sat Apr, 2026 -

खुमलटारमा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरी पालिकामा पठाउने तयारी माओवादीको रहेको छ ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले माघ २ गते नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । तर अध्यक्ष प्रचण्डसहित नेताहरूको कार्यव्यस्तता देखाउँदै बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

आजको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेरका साथै ३२ वर्ष उमेर हदका कारण अवकाशप्राप्त विद्यार्थी नेताहरूलाई समेत जिम्मेवारी दिने विषयमा छलफल हुने सचिव दीनानाथ शर्माले जानकारी दिए ।

आजको बैठकले पूर्व–पश्चिम राजमार्ग तथा मध्य पहाडी पुष्पलाल मार्गमा हुने अभियानको पनि खाका तयार गर्ने उनले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np