Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

पर्सा प्रहरीद्वारा ३० जना फरार प्रतिवादी पक्राउ

वीरगञ्ज- फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटहरुले ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा जारी अभियान अन्तर्गत जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३० जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको हो।

एसपी मिश्रले जिल्ला प्रहरी प्रमुखको रूपमा पदभार सम्हालेसँगै विभिन्न अपराधमा दण्ड सजाय पाएर फरार रहेका प्रतिबादीहरुलाइ प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो।

प्रहरीले गत शनिबार देखि सोमबारसम्म ३ दिनमा ३०  जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा उपस्थित गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताएका छन्।

प्रहरी प्रमुख एसपी मिश्र आएदेखि नै पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ सँगै तस्करी नियन्त्रणमा जोड दिएको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np