Global Force Media

२०८३ बैशाख १२ - Sat Apr, 2026 -

आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुन्छ – डा शेखर

 

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन् ।

शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने भन्दै महाधिवेशनलाई आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका हुन् ।

 

समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए ।

 

त्यस्तै कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np