Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्‌मा उठ्यो प्रश्न

काठमाडौँ । सरकारले भुक्तानी नदिएको भन्दै विभिन्न अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेकोबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ । आइतबारको शून्य समयमा कांग्रेस सांसद जीवन परियारले सरकारले स्वास्थ्य बिमाको रकम नदिँदा आम नागरिकले दुःख पाएको बताएका हुन् ।

‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको भुक्तानी रोक्यो भन्दै विभिन्न अस्पतालले स्वास्थ्य बिमा लागु गर्न छोडेका छन्,’ सांसद परियारले भने, ‘जसले सर्वसाधारणले सुविधा उपभोग गर्न पाएका छैनन् । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी नदिएको भन्दै सेवा रोकेको सूचना नै सार्वजनिक गरिसकेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np