Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– ‘झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा देखियो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो विद्रोहको केन्द्र बनेको झापा अहिले प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा देखिएको बताएका छन् ।

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ उद्घाटन गर्नुभन्दा केहीअघि झापामा आयोजित एक कार्यक्रममा प्रचण्डले त्यो खतरा रोक्न झापाबाटै खबरदारी अभियान थालिएको बताए ।

चितवनबाट झापा बसाइ सरेर वामपन्थी आन्दोलनलाई अघि बढाउने नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र बेदनिधि निरौलालाई घरमै पुगेर सम्मान गरेका प्रचण्डले जनताको तागतबाट झापालाई पुनः क्रान्तिको केन्द्रमा फर्काउने बताए ।

झापा गृहजिल्ला रहेका एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै प्रचण्डले भने, ‘वेदनिधिजीहरू हिजो सशस्त्र विद्रोहतिरै लाग्नुपर्छ भनेर क्रान्तिको खोजी गर्ने क्रममा हिजो झापा विद्रोहतिर लाग्नु भयो, त्यो ठीक थियो । तर, अहिले त्यो धारका नेता वा त्यो संगठन र त्यसको नेतृत्वले पुँजीवादी धारतिर गइसकेको छ । क्रान्तिको धार छोडिसकेको छ ।’

झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि जनतासँग अपिल गर्न आफूहरू यहाँ आएको उनले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np