Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो मञ्चमै जलाउने राप्रपा नेता नीराजन बम पक्राउ परेका छन् । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज (आइतबार) उनलाई पक्राउ गरेको हो ।

शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै मञ्चमै फोटो जलाउँदै नारा समेत लगाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् ।

बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर र भाइमारा’ को आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np