Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताएका छन् ।

आफूले देशको पक्षमा धेरै काम गरेको दाबी गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई जनताको बीचमा लैजाने र स्थापित गराउने काम समाजवादी मोर्चाले गर्नुपर्ने बताएका हुन् । समाजवादी मोर्चा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेप्रति संकेत गर्दै प्रतिपक्षले सरकार र सत्तारूढ गठबन्धनले गरेका राम्रा कामबारे बोल्न नचाहेकाले समाजवादी मोर्चाले जनताको पक्षमा गरेका कामको प्रचार गर्नुपर्ने जिकिर गरे ।

समाजवादी मोर्चा गठन भएयता आफू धेरै खुसी भएको प्रधानमन्त्री दाहालले भनाइ थियो । प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा ठूलठूला उपलब्धि हासिल गरे पनि प्रतिपक्ष एमालेले संसदमा त्यसबारे आफूलाई बोल्न समेत नदिएको गुनासो गरे ।

प्रधानमन्त्री दाहालले प्रतिपक्ष एमालेले आफूले देशलाई बर्बाद पारेको भनेर नेगेटिभ कुरा मात्रै गर्ने गरेको पनि दोहोर्याए । उनले केही दिनभित्रै नेपालको इतिहासकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना कर्णाली–चिसापानी जलविद्युत् परियोजनाको अध्ययन कार्य सरकारले अघि बढाउने घोषणा समेत गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np