Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो भने करिब २२ हजार मानिस घाइते भएका थिए । ६ लाख घर क्षतिग्रस्त भएका थिए । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।

आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np