Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

भगवान लिखित ‘हृदय’को नियमित संस्करण बजारमा

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरिएको थियो। ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । कार्यक्रममा सङ्गीतकर्मी अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि रहेको थियो । यो विशेष कार्यक्रम नेपाल लिटरेचर फेस्टिभलको ‘बुक अड्डा’ शीर्षकअन्तर्गत आयोजना गरिएको हो ।

कार्यक्रममा डा। कोइरालाको पुस्तक ‘हृदय’बारे राम लोहनीले समीक्षात्मक टिप्पणी गरेका थिए । डा। कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र होइन, कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका सङ्घर्षहरूलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताए । साथै यसले हामी सबैलाई आफ्नो काममा प्रतिबद्ध भएर लागिपर्न सके सफलता टाढा छैन भन्ने किसिमको विशेष प्रेरणा प्रदान गर्ने उनको भनाइ थियो।

​‘हृृदय’को नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।
हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ । पुस्तक बिक्री हुने क्रम जारी छ । २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ ।

यस्तै विशेष संस्करण खरिद गरी सहयोग पुर्याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ । नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि डा। कोइरालाले सोही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा। कोइरालाले बताएका छन् । काठमाडौँको बाँसबारीमा निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी रहनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np