Global Force Media

२०८३ जेष्ठ १६ - Sat May, 2026 -

कांग्रेसमा महामन्त्री गगन थापा भन्छन्- अब गभर्नर र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पार्टी सबै तहको सरकारमा भएपनि अहिले उकुसमुकुस र असन्तुष्टि रहेको बताएका छन् ।

उपन्यास सान्दाज लोकार्पण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पार्टीका नेताहरुमा देखिएको छटपटाहटमा अवसर पनि रहेको बताए ।

उनले भने, ‘हामी अहिले नेपालको सबैभन्दा ठूलो पार्टी हो। सबैतिर सरकारमा छौं । पालिका, वडा, प्रदेश, संघ सबै सरकारमा छौं । अहिले हामीले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो, अब गर्भनर हाम्रो, सबै हाम्रो। खुसी हुनुपर्ने हो नि कांग्रेस । सबैतिर हाम्रो भएको बेलामा ।

उनले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको जिकिर गर्दै देशमा देखिएको समस्या चिनेर समाधान गर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा आएको बताए ।

उनले थपे, ‘युवाहरुमा पनि उकुसमुकुस छ । देशप्रतिको भरोसा टुटेको छ । बाहिर गए भनेर चिन्ता गरिरहेको छैन । जाने आउने चल्छ । तर नेपाल बन्दैन भन्ने परेर बाहिर जाने परिस्थिति बनेको छ । त्यो डरलाग्दो छ । यो परिस्थितिबाट देशलाई बाहिर निकाल्ने पनि कांग्रेसले नै हो । त्यो जिम्मेवारीमा हाम्रै हो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np