Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

आगामी आइतबार जेठ १८ गते काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा

१६ जेठ, काठमाडौं । सरकारले आगामी आइतबार जेठ १८ गते राताे मछिन्द्रनाथकाे भोटो देखाउने जात्राका दिन  काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np