आगामी आइतबार जेठ १८ गते काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा

१६ जेठ, काठमाडौं । सरकारले आगामी आइतबार जेठ १८ गते राताे मछिन्द्रनाथकाे भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।



