Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

नेकपा एमाले को सचिवालय बैठकले दसौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ।

बिहीबार अबेर रातिसम्म चलेको बैठकले दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत नगर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यो सँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी हुन्। उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्नबाट रोकिने भएका छन्। स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने लगायत पनि प्रतिनिधि बन्न पाउने छैनन्। केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू आयोजकको हैसियतले मात्रै सहभागी हुने ज्ञवालीले बताए।

त्यस्तै सचिवालय बैठकले पदाधिकारी संख्या १५ रहने निर्णय गरेको उनले बताए। केन्द्रीय कमिटीको आकार भने २५१ सदस्यीय हुनेछ।

उपाध्यक्ष विष्ण पौडेलले प्रस्ताव गरेको विधान संशोधनमा ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी थियो। सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो।

एमालेको केन्द्रीय कमिटीमा तीन तहको संरचना रहनेछ।

केन्द्रीय कमिटीभित्र पोलिटब्युरो र स्थायी कमिटी रहने सचिवालयको प्रबन्ध हटाएर स्थायी कमिटी मात्रै रहने प्रबन्ध गरिएको उनले बताए।

त्यस्तै एमालेमा अब दुई खालका सदस्य रहने पनि प्रबन्ध गरिएको उनले बताए।

‘पार्टीमा सदस्यहरू हुनुहुनेछ र संगठित सदस्यहरू रहनुहुनेछ। पार्टीका शुभचिन्तक, जनसंगठनका जोडिएका साथीहरू सदस्यहरू हुनुहुनेछ। त्यसबाट खारिएर आएका साथीहरूलाई संगठित सदस्यता प्रदान गर्ने निर्णय गरेका छौं,’ उनले भने।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np