Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

पार्टी हितविरोधी स्वार्थ समूह वा गुटहरूको अन्त्य गर्ने सामूहिक संकल्प – नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ४ दिनसम्म चलेको स्थायी कमिटी बैठक सकारात्मक निष्कर्षसहित सकिएको बताएका छन् ।

बैठकले पार्टीको एकतामा जोड दिएको भन्दै छलफलको स्वतन्त्रता कामकारबाहीमा एकरूपताको मान्यतालाई सबैले अवलम्बन गर्नु पर्ने आवश्यकता औँल्याएको बताए ।

बैठकपछि उनले भनेका छन्, ‘निजी स्वार्थ केन्द्रित पार्टी हितविरोधी स्वार्थ समूह वा गुटहरूको अन्त्य गर्ने सामूहिक संकल्प पनि गरेको छ ।’

प्रतिगमन र यथास्थितिवादलाई परास्त गर्दै सामाजिक, आर्थिक रूपान्तरण र सामाजिक न्याय सहितको समृद्धिको आजको प्रमुख राष्ट्रिय कार्यभार पूरा गर्न आवश्यक रहेको बताए ।

उनले थपेका छन्, ‘ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीको रूपान्तरण एवं पुनर्गठनको प्रक्रियालाई अझ जोड दिएर अघि बढाउने निष्कर्ष पनि बैठकले निकालेको छ ।’

विप्लवले नेतृत्व गर्नु भएको नेकपा लगायत अन्य क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै वार्ता गर्ने र समाजवादी मोर्चाको सुदृढीकरण एवं विस्तारमा पनि प्रयत्न गर्ने निर्णय गरिएको बताए। पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरूको समेत समीक्षा गरिएको उनले बताए ।

वर्षाको कारणबाट स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई भदौको तेस्रो हप्ताबाट पुनः निरन्तरता दिने पनि निर्णय गरिएको

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np