Global Force Media

२०८१ बैशाख ४ - Tue Apr, 2024 -

हिमानीलाई राष्ट्रपति बनाउँदा एकता र परिवर्तन देखिन्थ्यो : माओवादी नेता भट्ट

काठमाडौं । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद प्रेमप्रकाश भट्टले पूर्व युवराज्ञी हिमानी शाहलाई राष्ट्रपति बनाउँदा राष्ट्रिय एकता देखिने बताएका छन् ।

‘राष्ट्रिय एकता दिवस’ को शुभकामना दिँदै माओवादी केन्द्रका सांसद भट्टले हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिने बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिन्थ्यो कि ?’ माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज समेत रहेका भट्टले हिमानीलाई राष्ट्रपति बनाउनु उपयुक्त हुने मत राखे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएको छ ।

p

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np