विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं,। नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कमिटीको बैठक बोलाएका छ। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेपछि यसको तरंग देशव्यापी प्रवाह भएको छ ।
माओवादीको निर्णयलाई नेकपाका नेताहरुले खण्डन गरेका थिए । प्रवक्ता प्रकाण्डले नै आफूहरुसँग एकताको लागि कुनै सहमति नभएको भन्दै माओवादीले हावामा तीर हानेको प्रतिक्रिया दिएका थिए ।
तर, महासचिव विप्लव एकताको लागि गम्भीर बनेको बताईन्छ । उनले पार्टीको केन्द्रीय समितिको बैठक आगामी भदौ २२ गतेको लागि बोलाएका छन् । बैठक विप्लवको आधार क्षेत्र कपिलवस्तुमा बोलाईएको छ ।
स्थायी समिति सदस्य तथा प्रकाशन तथा सञ्चार विभाग इन्चार्ज अनिल शर्माका अनुसार केन्द्रीय समिति बैठकअघि भदौ १४ गते स्थायी र १८ गतेदेखि पोलिटब्युरो बैठक बस्नेछ।
नेकपाको पार्टी हेडक्वार्टर नै कपिलवस्तुमा राखिएको छ ।नेकपाको यो केन्द्रीय कमिटीको बैठकले नै माओवादीसँग एकता गर्ने वा नगर्ने भन्नेबारे आधिकारिक निर्णय लिनेछ ।



