Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

‘नाईं नभन्नू ल ६’ बाट अभिनयमा डेब्यु गर्दै निखिलका छोरा अथर्व

नेपाली फिल्म क्षेत्रमा थुप्रै सेलिब्रेटीका सन्तानको पनि प्रवेश भएको छ । यस्तैमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यू गर्ने भएका छन् ।

बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारको रुपमा अभिनय प्रवेश गर्न लागेका हुन् । फिल्ममा उनले नव–अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिका निर्वाह गर्ने बताइन्छ ।

विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं श्रृखंला हो । ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृखंलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर, अहिले उनी बाल कलाकारको रुपमा नसुहाउने भएपछि नयाँ कलाकार खोज्ने क्रममा निखिल र सञ्चिताको छोरा लिएको निर्देशक आचार्यले बताए ।

फिल्ममा आँचल शर्माको पनि मुख्य भुमिका रहनेछ । कात्र्तिक महिनामा सम्पूर्ण छायांकन सक्ने लक्ष्य रहेको फिल्म नयाँ बर्षमा रिलिज हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np