Global Force Media

२०८३ जेष्ठ १५ - Fri May, 2026 -

प्रचण्डले जनार्दन शर्मालाई लक्षित गर्दै भने पार्टीको नीतिविरुद्ध जानेलाई अब छुट दिन सकिँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने चेतावनी दिए।

उनले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै भने, ‘पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारबाही गरिनेछ। स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो। पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन।’

पार्टीको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्दै आत्मसमीक्षा गर्न निर्देशन दिएको थियो। अध्यक्ष प्रचण्ड नै पटक पटक भन्दा पनि आत्मसमीक्षा गर्नु भन्दा पनि नगरेको भन्दै सर्कुलर समेत पठाइएको थियो।

उनले प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै अब आसन्न केन्द्रीय समिति बैठकपछि गाउँगाउँमा संगठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिएर पठाउने तयारी भइरहेको समेत बताए।

उनले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेता कार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुन समेत निर्देशन दिए।

उनले भने, ‘सम्भव भएसम्म समाजवादीहरूको एकता होस् भन्ने चाहना छ। समाजवादी जतिको एउटै केन्द्र बनाएर विशाल शक्ति बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता छ। समाजवादी क्रान्तिको रणनीतिलाई नेपाली मौलिकता र नेपाली नेतृत्वमा नयाँ ढङ्गले अघि बढाउने उद्देश्य छ।’

समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने समेत बताए। सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरिनसकेको बताए।

उनले थपे, ‘मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ। समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नुपर्दछ। समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनुपर्नेमा केन्द्रित हुनुपर्छ।’

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np