Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

हर्क लाई बालेन ले भने ‘तपाईँलाई सधैँ माया थियो, छ र रहन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का वरिष्ठ नेता बालेन्द्र शाह ( बालेन )ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ( साम्पाङ)लाई आफ्नो सधैँ माया रहने प्रतिक्रिया दिएका छन् ।

आइतबार सुनसरी–१ मा विजयी भएपछि हर्कले आफू पहिलो भएको खुसी फेसबुकमा उल्लेख गरेका थिए । ‘लु अब चाहीँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु । जय माटो, जय देश, जय श्रम संस्कृति,’ हर्कले लेखेका छन् ।

जसको कमेन्टमा आएर बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईँलाई सधैँ माया थियो । छ र रहन्छ । तपाईँ र धरानलाई सधैँ माया छ ।’

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन र हर्क दुवै स्वतन्त्रबाट ‘लौरो’ चुनाव चिन्ह लिएर लडेका थिए । जसमा बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा हर्क धरान उपमहानगरपालिकाको मेयर जितेका थिए ।

त्यसपछि दुवैजनाबीच सुमधर सम्बन्ध भएको देखिन्थ्यो । तर, भदौको जेनजी विद्रोहयता भने हर्कले बालेनको आलोचना गर्दै आएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np