Global Force Media

२०८३ जेष्ठ २७ - Wed Jun, 2026 -

रास्वपाको प्रस्तावित विधानमा परिवारवाद र नातावादको पूर्ण निषेध गर्ने उल्लेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तावित विधानमा परिवारवाद र नातावादको पूर्ण निषेध गर्ने उल्लेख गरेको छ।

सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारी केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको प्रस्तावित विधानमा पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन नपाउने व्यवस्था गरिएको छ।

पार्टीको केन्द्रीय निकाय र प्रदेश निकायका सदस्यको परिवारबाट पार्टीको कुनै पनि निकाय र पार्टीको तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस वा मनोनीत नगरिने विधानमा व्यवस्था छ।

त्यस्तै प्रस्तावित विधानमा परिवारको सदस्यको व्याख्या पनि गरिएको छ।

‘यस विधानको प्रयोजनका लागि परिवार भन्नाले पति, पत्नी, बाबु, आमा, सौतेनी बुवा, सौतेनी आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, नाति, नातिनी, बाजे, बज्यै, ठूलो बुवा, ठूली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली र निजहरूका पति वा पत्नीसमेतलाई जनाउने छ,’ विधानमा भनिएको छ।

पार्टीले आधारभूत लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनका सिद्धान्तहरू पार्टी सञ्चालनका प्रस्थान बिन्दु हुनेछन्। पार्टीका सम्पूर्ण संरचना, कार्यविधि र नीतिहरू अनिवार्य रूपमा यसैको अधीनमा रही निर्देशित हुने उल्लेख छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np