Global Force Media

२०८१ श्रावण ६ - Sun Jul, 2024 -

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौँ- बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।

बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए ।

त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए ।

बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।

सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् ।

राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np