Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

अमेरिकामा रहेका नेपालीले मनाए भाइटीका

नेपालीहरुको दोश्रो ठूलो पर्व भाइटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपालकै समय अनुसार ११ः३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा भाइटीका लगाइएको छ ।

चाडपर्व मध्ये कै यम पञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका विहीबार अमेरिकामा हर्षोल्लास साथ मनाइएको हो । बिहीबार कामको दिन भाइटीका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिएरै मनाएका छन् । बिदा नमिल्नेलहरुले कामबाट फर्केपछि भाइटीका मनाएका छ ।

नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरि काग तिहारदेखि भाइटीकासम्म ५ दिन झिलिमिली बनाएका थिए ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ दिएका छन् । अमेरिकामा सेलरोटी, खसीको मासु, आलुको अचार र नेपाली परिकारका खानाहरु आफ्ना दाजुभाइलाई दिदीबहिनीहरुले खुवाएका छन् ।

दाजु भाइले पनि दिदी बहिनीलाई बन्द खाम भित्र पैसा तथा अन्य चिजहरू दिएका छन । अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरु रमाउँदै मनाएका छन् । पुरुषहरु अधिकांशले दौरा सुरुवाल, नेपाली पोसाकको साथै आफ्ना सन्तानहरुलाई पनि नेपाली पोशाक लगाई दिएका छन् ।

टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर कामबाट आएर साँझदेखि रातिसम्म भाइटीका लगाएका छन । अमेरिकामा विभिन्न राज्य तथा शहरहरूको समय फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाइटीका मनाएका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा देउसी भैलो कार्यक्रमहरु गरिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np