Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

नीलकण्ठका उपप्रमुखलाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’

धादिङको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको छ।

बिहीबार भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनकाबीच उपमेयर विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको हो।

बाबु जगजीवनराम कला तथा साहित्य एकेडेमीले आयोजना गरेको सम्मेलनमा भाग लिन नेपालबाट विभिन्न क्षेत्रका काम गर्ने दलित अधिकारकर्मी, बुद्धिजीवि र समाजसेवीहरूको उपस्थिति थियो।

सोही एकेडेमीका संरक्षक तथा भारतको लोकसभाकी पूर्वअध्यक्ष मेइरा कुमारले पुरस्कार प्रदान गरेकी थिए। मेइरा जगजीवनरामकी छोरी हुन्। जगजीवनराम तत्कालीन स्वतन्त्र भारत संघर्षको नेतृत्वकर्तामध्येका एक हुन्। उनले संविधान निर्माणपछि त्यसले व्यवस्था गरेको दलितको हक अधिकार कार्यान्वयनका लागि महत्वपूर्ण योगदान थियो।

उनकै सम्झनामा भारतको संविधान निर्माता डा. भीमराव अम्बेडकरको नाममा एकेडेमीले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ। दलित समदायको हक अधिकारका लागि पुर्‍याएको योगदानका लागि उपमेयर विश्वकर्मालाई सो पुरस्कार दिइएको हो।

विश्वकर्मा २०७९ को स्थानीय तह निर्वाचनबाट नीलकण्ठको उपमेयर निर्वाचित भएका थिए। त्यसअघि दलित हक अधिकारका लागि विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।

उपमेयर निर्वाचित भएपछि पनि आफ्नो पालिकाभित्र निःशुल्क शिक्षाको कार्यान्वयन, दलित र विपन्नलाई छात्रवृत्तिको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरेको उनी बताउँछन्।

पालिकाभित्रका दलित विद्यार्थीहरूलाई एमबिबिएस पढ्न कम्तिमा १ लाख छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरू पनि चलिरहेको उनी बताउँछन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np