Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

सरकारलाई प्रचण्डको चुनौती- शेरादरबारको जग्गा तुरुन्तै फिर्ता ल्याऊ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पुगेका प्रचण्डले झण्डै १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार भइरहेको जिकिर गरे ।

पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ ।

सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

त्यसपछि आफ्नो पार्टीको नाम जोडेर झुटा प्रचार भएको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन् ।

‘हाम्रो पार्टीबाट झण्डै १२–१५ वर्षअघि पार्टी छाडिसकेका मान्छेको जग्गाको विषयलाई लिएर माओवादीसँग बसेको मान्छेको जग्गा हो यो भनेर ल्याइएको छ । यो भन्दा लाजमर्दो कुरा अरु हुनै सक्दैन,’ प्रचण्डले भने, ‘यदी भ्रष्टाचार र बेथितिको मुद्दामा हाम्रै पार्टीका नेता देखिए म छुट दिने पक्षमा छैन ।’

उनले सरकारलाई चुनौती दिँदै सरकारको जग्गा हो भने तुरुन्तै फिर्ता ल्याउन पनि भनेका छन् ।

‘म चुनौतीका साथ भन्न चाहन्छु, शेरादरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याऊ,’ प्रचण्डले भने, ‘तर झुटो राजनीति गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहन्छु ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np