Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठक सकियो

चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको कार्यदलकी सदस्य दुर्गा पौडेलले जानकारी दिइन् ।

उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । आजको कार्यदलमा भएको छलफलबारे गठबन्धन दलमा आन्तरिक छलफल भएर फेरि बैठक बस्ने सहमति भएको पौडेलको भनाइ छ ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np