Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न चुनौती

मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी निकाय समन्वय अभावका कारण सबै कृषकले मौसमसम्बन्धी सूचना पाउन नसकेका हुन्।

कृषकलाई मौसमका सूचना प्रवाह गर्न स्थानीय तहकै भूमिका महत्त्वपूर्ण हुने भए पनि समन्वयको अभाव देखिँदा समयमा नै पूर्व सूचना पाउनबाट कृषक वञ्चित देखिएका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना दिए पनि तल्लो तहमा सूचना प्रवाह गर्ने संयन्त्र नभएका कारण पनि कृषकले मौसमसम्बन्धी पूर्व सूचना पाउन नसकेको बताएको छ।

मौसमी सूचनाले कृषकलाई कुन समयमा कुन बाली लगाउने, कुन समयमा बाली भित्र्याउने, मौसमअनुसार कृषिको उब्जनी कस्तो हुने भन्ने जानकारी कृषकलाई जरुरी पर्छ। गत वर्ष आएको बेमौसमी वर्षाका कारण झन्डै ८ अर्ब रुपैयाँको नोक्सानी कृषि क्षेत्रले बेहोर्नुपरेको थियो । जल तथा मौसम विज्ञान विभागले विषेश बुलेटिन जारी गरेको भए पनि स्थानीय तहसम्म सूचना प्रवाह हुन नसक्दा क्षति बढेको बताउँछन् विभागका महानिर्देशक कमलराम जोशी। आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np