Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

ए।आर पुस १ गतेबाट छायाङ्कनको तयारी

डार्क कमेडी जनरामा निर्माणको तयारीमा रहेको चलचित्र ए।आरको अन्तिम ड्राफ्ट तयार भएको छ । विगत चार वर्षदेखि ए।आरका लागि काम गरिरहेको र हाल अन्तिम ड्राफ्टमा मिहनत भइरहेको चलचित्रका लेखक विवेक पाण्डेले रातोपाटीलाई बताए ।

‘मित ज्यू’हरूको जीवन र उनीहरूको जर्नीको कथा बोल्ने चलचित्र आउने पुस १ गतेबाट छायाङ्कनका लागि फ्लोरमा लैजाने तयारी पनि निर्माण टिमले बताएको छ । ओस्कार कलेजबाट फिल्म लेखन तथा निर्देशनमा पास आउट विद्यार्थीसमेत रहेका पाण्डेले ए।आरको निर्माणमा अधिकांश ओस्कार कलेजकै टिम रहने बताए । जसमा तरा रोसियाराले सह लेखनमा, आरती पाण्डेले डाइलग सुपरभाइजरमा सहयोग गरिरहेका छन् भने एशोसिएट निर्देशनमा किशोर भट्ट रहने छन् ।

चलचित्रको मुख्य अभिनेतामा सौगात मल्ल रहने छन् भने सह अभिनेतामा ओस्कार कलेजबाट पास आउट नयाँ अनुहार देख्न सकिने छ । यद्यपि निर्माण टिमले सौगातका कुनै प्रतिक्रिया दिएन । ‘हामी छिट्टै नै चलचित्रको पूरा नाम र निर्माण टिम अनि कलाकारहरूको छिनाफानो गरेर पोस्टरसहित सार्वजनिक गर्छौ’, लेखक पाण्डेले भने।

चलचित्र ‘अमेरिका ब्वाइज’ र ‘लप्पन छप्पन २’मा लेखकका रूपमा रहेका पाण्डे चलचित्र ए।आर मार्फत निर्देशनमा पनि आउने तयारीमा छन् भने चलचित्रको केही प्रतिशत लगानी पनि आफै बेहोर्ने योजनामा छन् । यद्यपि यो चलचित्र कुन कम्पनीबाट तयार हुँदै छ त्यो भने अझै पक्का नभएको पाण्डे बताउँछन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np