Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

‘प्रेमगीत ३’ टिमले बालगृहका बालबालिकासँग मनायो तिहार, एक वर्षसम्मको स्कुल शुल्क सहयोग

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ टिमले काठमाडौंको बुढानीलकण्ठस्थित बालगृह महासंघका बालबालिकासँग सफलताको खुसी साटेको छ ।

तिहारको लक्ष्मीपूजाको दिनको अवसर पारेर अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोषलगायत प्रेमगीत ३ को टिम बालगृह पुगेको हो । बालगृहका ५५ जना बालबालिकासँग प्रेमगीत टिमले देउसी(भैलो खेल्दै खाना खुवाउने कार्यक्रम गर्‍यो ।

सोही अजसर पारेर निर्माता सेनले बालगृहमा रहेका ५५ जना बालबालिको एक वर्षसम्मको स्कुल शुल्क, उनीहरुलाई लत्ताकपडा, सिरक(डस्ना समेत प्रदान गरे । यसैगरी आशुसेन फिल्म्सले बालगृहको जीर्ण भवनको मर्मतसम्भार तथा रंगरोगन गरिदिएको पनि बताए ।

निर्माता सेनले विज्ञप्तिमा भनेका छन्, ‘यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस थिएन । बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मतसम्भार गरेर रंगरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो, सायद फाइभस्टार होटलमा सेलिब्रेट गर्दा यो खुसी पाइँदैनथ्यो । स्वर्गीय लेखक तथा निर्देशक दाइ छेतेन गुरुङलाई यो समय असाध्यै सम्झना गरेका छौं ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np