Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

यस्तो छ फिल्म माइकल अधिकारीको ‘छुक छुक रेल गाडी’ गीत

३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘माइकल अधिकारी’ को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । प्रकाश दास र अस्मिता अधिकारीको युगल स्वर रहेको रोमान्टिक गीतमा शैलेश कँडेल क्षेत्रीको शब्द तथा रेवन सिंहको संगीत छ । गीतको भिडियोमा भने फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्‍टि श्रेष्ठ देखिएका छन् ।

गीतमा फिल्मको केही सम्वाद पनि समेटिएको छ । जसमा पैसाले दिएको खुशीको अनेक पाटो समेत देखाउन खोजिएको छ । गीतमा कमल राईको कोरियोग्राफी छ । ‘माइकल अधिकारी’ उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गरेको फिल्म हो ।

फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दिलीप बोहोरा, केन्द्र भट्टराईको अलवा बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार लगायतको अभिनय छ ।
सरोगेसीको कथामा निर्माण भएको फिल्म कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायाङ्कन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । फिल्मलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np