Global Force Media

२०८१ बैशाख २ - Sun Apr, 2024 -

मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन् बोहरा

न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बिजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् ।

यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ का शनिवारका समापन समारोहमा विजेताहरुको घोषणा गरिएको थियो। १४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी भएका थिए । पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपछि दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्येबाट अन्तिम चरणमा ५ जना छानेर मिस नेपाल नर्थ अमेरिका २०२२ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

१४ जना प्रतियोगीहरुमा आन्या थापा कोलोराडो,बिष्णु मिश्रा ओहायो,दिया पन्त पेनसेलभेनिया,मिङ्ग्मा शेर्पा न्युयोर्क,राजीना कार्की न्यू मेक्सिको,रिया बराल क्यान्सस ,सारा कार्की टेक्सस,सरोज तामाङ्ग मिसिगन ,शिला बस्नेत सान फ्रान्सिस्को ,शिभालिका भण्डारी टेक्सस,प्रतियुषा बोहरा टेक्सस ,स्वस्तिका लयालु टेक्सस ,छिरिंग शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियंका रानी जोशीको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np