माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताइन
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आगामी निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा तीन महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी (केन्द्र) को केन्द्रीय कमिटी सदस्यसमेत रहेकी नेतृ सिंहले मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताइन् । गठबन्धनको दोस्रो ठुलो शक्तिका रूपमा माओवादी नै मुलुकको पहिलो कम्युनिस्ट शक्ति हुने सिंहको दाबी छ ।