Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

शोभराजसँग डेटिङ जान चाहन्छिन् जेन्ना, ‘बिकिनी किलर’ छुट्ने खबरपछि फिल्म ‘द सर्पेन्ट’ चर्चामा

काठमाडौं । चार्ल्स शोभराजलाई रिहाइ गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनीमाथि निर्माण भएको नेटफ्लिक्स फिल्म ‘द सर्पेन्ट’ पुनः चर्चामा छ ।

शोभराजको रिहाइलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त सिरिजका पात्रसँग चित्रण गरिरहेका छन् । २०६० सालमा काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका शोभराजको उक्त नेटफ्लिक्स सिरिज पनि यो पक्राउसँगै टुंगिएको थियो ।

सीएनएन, बीबीसीसहितका पश्चिमा सञ्चारमाध्यमले शोभराजको रिहाइको समाचारलाई द सर्पेन्टसँग जोडेर हेरेका छन् । सीएनएनले हेडलाइनै ‘द सर्पेन्ट शोभराज’ लेखेको छ ।

सन् २०२० मा रिलिज भएको उक्त सिरिज नेटफ्लिक्स र बीबीसी वानमा रिलिज भएपछि शोभराज अन्तर्राष्ट्रिय रुपमै चर्चित भएका थिए । उनीबारे थाहा नपाएका दर्शकले पनि उनको निजी जीवन उक्त सिरिजबाट थाहा पाएको जनाएका छन् ।

सिरिजका कतिपय दर्शकले शोभराजलाई आफूले यसअघि निर्दयी सिरियल किलरको रुपमा लिने गरे पनि उक्त ड्रामा हेरेपछि उनीप्रति आफ्नो दृष्टिकोणमा केही परिवर्तन आएको समेत उल्लेख गरेका थिए ।

क्राइम ड्रामा जनरामा राखिएको उक्त सिरिजमा फ्रेन्च-अल्जेरियन मूलका अभिनेता ताहर रहिमले अभिनय गरेका थिए । सिरिजमा उनकी प्रेमिकाको भूमिकामा जेन्ना कोलम्यानले अभिनय गरेकी थिइन् । नेपाल, भारत र थाइल्याण्डमा छायांकन भएको यो सिरिजले सन् १९७५ देखि १९७६ सम्मको शोभराजको जीवनमा भएका घटनालाई चित्रण गर्छ ।

नेटफ्लिक्स सिरिज ‘द सर्पेन्ट’ मा कलाकारहरु ताहर रहिम र जेन्ना कोलिन

जेन्नाले यो फिल्ममा शोभराजकी तत्कालीन क्यानेडियन प्रेमिकाको रुपमा आफूलाई चित्रण गरेकी छन् । शोभराजलाई बैंककमा भेटेपछि यी दुईको प्रेम र अपराधको संसारमा घुलमिल महत्वपूर्ण छ । सिरिज छायांकनका क्रममा काठमाडौंसम्म आएर जेन्नाले नेपालको कारागारमा जेल सजाय भोगिरहेका शोभराजलाई भेटेकी थिइन् ।

शोभराजकी प्रेमिकाको चरित्र चित्रणमा डुब्दा आफूलाई शोभराजलाई भेट्ने चाहना व्यक्त भएको उनले बताएकी थिइन् । जुलाई १९७६ मा दिल्लीमा फ्रान्सेली विद्यार्थीलाई लागुऔषध खुवाउँदै गर्दा प्रेमिका र शोभराज समातिए । त्यसपछि मिडियाको केन्द्रबिन्दुमा यी दुई ग्लोबल ‘सेलिब्रिटी’ बने ।

सन् १९८४ मा घाँटीको क्यान्सरबाट लिक्लर्कको निधन भयो । उनलाई त्यहाँ जन्मकैदको सजाइ दिइयो तर क्यान्सर लागेको पुष्टि भएपछि क्यानडा फर्कन अनुमति दिइयो । ३८ वर्षको उमेरमा लिक्लर्कको निधन भयो । जेन्नाका अनुसार शोभराज अहिले पनि यी प्रेमिकालाई हृदयबाट प्रेम गर्छन् । यो महसुस उनको चरित्र चित्रणमा डुब्दा आफूले गरेको र वास्तविक शोभराजसँग डेटिङ जान चाहेको उनले बताइन् ।

उक्त सिरिजको प्रिमियरमा जेन्नाले आफू डेटिङ जान चाहेको बताएकी थिइन् । समस्याबाट भाग्न सक्ने खुबी भएकाले शोभराजलाई सर्पेन्ट (सर्प) भनिएको र सौन्दर्य एवं ग्ल्यामर अधिक भएको जेन्नाले सम्झिइन् ।

के जेन्ना शोभराजको रिहाइपछि उनीसँगै डेटिङ जालिन् ?

अदालतको आदेशमा शोभराजलाई १५ दिनभित्र उनकै देश फ्रान्समा लैजाने व्यवस्था मिलाउन भनिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np