Global Force Media

२०८१ बैशाख ४ - Tue Apr, 2024 -

जापानमा कोरोना : एकै दिन दुई लाख ५० हजार सङ्क्रमित, दुई सय ५१ को मृत्यु

एजेन्सी । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।

अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।

यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए।५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति दू्रत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् ।

यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np