Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

बास्केटबललाई लिनिङको साथ

काठमाडौँ । खेलकुद पोशाक कम्पनी लिनिङले राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गर्नका लागि मंगलबार सम्झौता गरेको छ ।

राजधानीमा मंगलबार भएको एक कार्यक्रममा खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केटबलबीच मंगलबार सम्झौता भएको हो ।​

सिटिएलका अध्यक्ष राजन महर्जन र संघका अध्यक्ष भीम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाली बास्केटबलको कुनै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाउँदा महिला र पुरुष दुवै तर्फका सिनियर र जुनियर खेलाडीले लिनिङको पोशाक प्रयोग गर्नुपर्नेछ । नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउँदा खुसी लागेको बताए ।

सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्षहरूमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको सिटिएलका अध्यक्ष महर्जनले बताए । लिनिङले प्रायोजन बापत उपलब्ध गराउने सामग्री बाहेक संघ वा खेलाडीले लिनिङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ । संघका अध्यक्ष गुरुङले बास्केटबल टोलीलाई सहयोग गरेकोमा लिनिङलाई धन्यवाद दिए ।

यस्तै सम्झौतामा लिनिङले प्रचार प्रसारका लागि बास्केटबलका खेलाडी प्रयोग गर्न सक्ने र संघले लिनिङको प्रचारमा सहयोग गर्नुपर्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np