Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

काठमाडौं । घरमा छापा मारिएपछि​ अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सरकारविरुद्ध मुद्दा हालेका छन् । उनले केही साताअघि सङ्घीय जाँच ब्यूरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका छन् ।

मुद्दामा ट्रम्पको टोलीले उक्त दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गर्नुपर्ने बताएका छन् । एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको ‘मारा लागो’ निवासमा छापा मारेर ११ सेट गोप्य फाइलहरू लगेको बताइएको थियो ।

हाल उनीमाथि संवेदनशील दस्तावेजहरूको गलत व्यवस्थापन गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सोमबार उनका वकिलहरूले तटस्थ वकिलको माग गरेका छन् । जसलाई ‘स्पेशल मास्टर’ पनि भनिन्छ ।

ट्रम्प राष्ट्रपति भएका बेला कब्जा गरेर लगिएका दस्तावेजहरू उनलाई प्राप्त कार्यकारी विशेषाधिकार बमोजिम थिए कि थिएनन् भनेर ‘स्पेशल मास्टर’ हरुले हेर्ने बताइएको छ ।

राष्ट्रपतिहरूलाई उक्त विशेष अधिकारले उनीहरूले गरेका कतिपय सञ्चार गोप्य राख्न अनुमति दिने बताइएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np