Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

जनसमाजवादी पार्टी, नेपाल ले समानुपातिकतर्फ निर्वाचनमा भाग लिन गराए दल दर्ता

जनसमाजवादी पार्टी, नेपाल ले समानुपातिक तर्फ निर्वाचनमा भाग लिन गराए दल दर्ता

काठमाडौं स् जनसमाजवादी पार्टी, नेपाल ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको निर्वाचनमा भाग लिन आज आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।

निर्वाचन आयोगले समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई १० गते विज्ञाप्ती जारी गरी निवेदन दिन आह्वान गरेको थियो।

सो बमोजिम जनसमाजवादी पार्टी, नेपाल ले आज अन्तिम दिन प्रतिनिधि सभा सदस्य र सातै प्रदेशमा समानुपातिक तर्फको प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ।

दल दर्ताका लागि पार्टी अध्यक्ष सुवासराज काफ्ले स्वयम् निर्वाचन आयोगमा उपस्थित भइ निवेदन दर्ता गराउनु भएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np