Global Force Media

२०८१ भाद्र ३१ - Mon Sep, 2024 -

सरकारले संविधान संशोधन गरेर जनताको अधिकार कमजोर बनाउँदैन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कांग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले सरकारले संविधान संशोधन गरेर जनताको अधिकार कमजोर नबनाउने बताएका हुन् । नेवाः सम्पर्क समूह, रामेछापले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई कांग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे ।

जनतालाई अधिकार दिलाउनका लागि लडेको कांग्रेस–एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो । उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताए ।

उनले भने, ‘  संविधान संशोधन गरेर भएको अधिकार पनि यो सरकारले छिन्न लागेको हो कि भन्ने छ संविधान संशोधनको नारा लगाएर । त्यो बिलकुल होइन । कुरा के हो भने तपाईँहरू सबैलाई थाहा छ । २०४६ सालको आन्दोलन भन्नुस् । त्यो भन्दा अगाडिको हरेक आन्दोलन भन्नुस् । अहिले यो वर्तमान सरकारको जुन कम्पोजिशनमा कांग्रेस र एमाले छ । यो त दुवै पार्टीले जनतालाई अधिकार दिलाउनका लागि लडेको यो पार्टीले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुँदै हुँदैन ।’

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले नेवाः समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा खेल्दै आएको भूमिकाको पनि प्रशंसा गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np