Global Force Media

२०८१ श्रावण ८ - Tue Jul, 2024 -

झलनाथ खनाल भन्‍छन्- म बुढो भए पनि मेरा विचारहरु जवान छन्

सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताएका हुन् ।

उनले भने ‘हाम्रा सामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिस्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिस्ट क्रान्तिको सुरुवात भएको थियो । बिगतदेखि नै हाम्रो कम्युनिस्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिस्ट क्रान्ति माथि प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’

बिगतलाई नबुझि वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहवाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए ।

ुएकपछि अर्को पिढी आउँछ तर बिचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौुं उनले भने ।

ु२०७४ सालको स्थानीय निर्वाचनको परिणामले बालुवाटार जाने लक्ष बनाएर त्यतिबेलाको नेतृत्वले एमाले र माओवादीबीच चुनावी तालमेल सहितको पार्टी एकताको घोषणा गर्‍यो । यो एक उपलब्धि त थियो तर त्यो दुई तिहाईको सरकारले न जनताको लागि काम गर्यो नत सर्वसाधारणको लागि सबै समृद्धि त सपना मात्र भए, कृषि क्रान्ति गर्न वैज्ञानिक सेवा दिनसक्ने हो भने यो देशका लाखौ जनताहरु कम्युनिस्ट पार्टी छोडेर कतै जादैनन तर त्यतिबेला केपि ओलिको दिमागमा कहिले घुसाउन सकिएन । हाम्रो देशमा अनेक सम्भावना छन् । जसलाई औद्योगिकरण गर्न सकेमात्र धेरै ठूलो उपलब्धि हुनेछु उनले भने ।

विगत सम्झँदै नेता खनालले भने, एउटा राजाले त उद्योग बनाउँछन्, कलकारखाना खोल्छन् भने दुई तिहाईको कम्युनिस्टको सरकारले यस्ता कामहरु गर्न नसक्दा आज केपी ओलि यो ठाउँमा पुगेका छन् र अझै यो भन्दा तल्लो स्तरमा पुग्दैछन् । जनताका सामु अनुहार देखाउन नसकिने स्थिती आएपछी हामीले यो विकल्प रोजेका हौुं उनले भने ।

आफूहरुको विद्रोह संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि भएको उनले बताए । अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्ने उनलको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np