यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार आज आइतबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



