Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ । पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि छलफल हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि बिहीबार कुनै निष्कर्षमा पुग्न नसकिएपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

गठबन्धन बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np