Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

एमालेले ओलीको पालामा मधेशमा आमूल परिवर्तन गर्‍यो : महासेठ

नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नेकपा एमालेले अध्यक्ष केपी ओलीको पालामा मधेशमा आमूल परिवर्तन गरेको बताएका छन् । शनिबार एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संघको दोश्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले निकै मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे । प्राध्यापकहरूले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको भन्दै गरेको चिन्ताप्रति उनले ऐक्यबद्धता समेत जनाए ।

सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np