Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

संसदको कार्यकाल लम्ब्याउनेबारे संसदमा छलफल गरेर निर्णय हुन्छ : मन्त्री कार्की

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् । संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पती भएकोले संसदमा नै छलफल गरेर निर्णयमा पुग्ने बताए । मन्त्री कार्कीले सोमबार बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनको सिट बाँडफाँटबारे छलफल गरेको बताए ।

उनले मंगलवार पुनः बैठक बस्ने र शीर्षस्थ नेताहरुले दिएको जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको बताए । सञ्चारमन्त्री कार्कीले सोमबारको बैठकमा मुख्यतः प्रतिनिधि सभाको सिटको बारेमा मात्रै छलफल भएको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np