Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

१७ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।

दाेहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए ।

जारी विश्वकपमा नेदरल्याण्ड्सका लागि कुनै पनि खेलमा पहिले गोल गर्दै अग्रता दिलाउन कोडी गाक्पो पछि दोस्रो खेलाडी बने । समूह चरणको तीनवटै खेलमा गाक्पोले पहिले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

यस्तै अमेरिकाले ओपन प्लेमा गोल बेहोरेको पहिलो पटक हो । समूह चरणमा वेल्स विरुद्ध १-१ बराबरी हुँदा अमेरिकाले पेनाल्टीमा गोल खाएको थियो ।

पहिलो हाफमा नेदरल्याण्सले २ सट अन टार्गेट राख्दै २ गोल गर्न सफल हुँदा अमेरिकाले २ सट अन टार्गेट हाने पनि गोल गर्न सकेन ।

पहिलो हाफको इन्जुरी टाइममा डाले ब्लिन्डले पेनाल्टी बक्सबाट डमफ्राइसकै पासमा गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा अमेरिकाको टिमोथी वेहले पेनाल्टी बक्स बाहिरबाट हानेको लङ सट डच किपर नोपर्टले बचाए । नेचुरल सेन्टर फरवार्ड बिना मैदान उत्रेको अमरिकाले पाएको अवसर सदुपयोग गर्न सकेन ।

दुई गोल खाए पनि दोस्रो हाफमा अमेरिकाले सुरुवातदेखि नै नेदरल्याण्ड्समाथि दबाब बनाएको थियो ।

४९औं मिनेटमा अमेरिका गोल नजिक पुगेको थियो । तर रियमको प्रहार नेदरल्याण्ड्सका गाक्पोले गोल लाइनबाट बचाएको थियो ।
दोस्रो हाफको सुरुवाती केही मिनेटपछि अमेरिका सुस्त बन्यो भने नेदरल्याण्ड्सले आक्रमक गर्न थाल्यो ।

६१औं मिनेटमा नेदरल्याण्ड्सका डिपाएले पेनाल्टी बक्सछेउबाट प्रहार गरेको बल अमेरिकन किपर म्याट टर्नरले उत्कृष्ट फिंगरटिप सेभ गरेका थिए ।

७१औं मिनेटमा नेदरल्याण्ड्सले दुई अवसर सद्पयोग गर्न सकेन । दुवै प्रहार अमेरिकी गोलकिपर टर्नरले बचाए । ७५ औं मिनेटमा अमेरिकालका हाजी पाइटले गोल गर्ने अवसर गुमाए ।

७६औं मिनेटमा उनै राइटले क्रिस्टियन पुलिसिचको पासमा गोल फर्काउँदै अमेरिकालाई खेलमा सम्भावना कायम राखेका थिए ।

तर, ८१औं मिनेटमा डेन्जल डमफ्राइसले गोल गर्दै नेदरल्याण्ड्सलाई ३-१ को अग्रता दिलाए भने अमेरिकाको खेलमा फर्कने सम्भावना सकियो ।

८३औं मिनेटमा डिपाएको स्थानमा मैदान प्रवेश गर्दै युवा स्टार जाभी सिमोन्सले नेदरल्याण्ड्सका लागि डेब्यु गरे ।

नेदरल्याण्ड्सले अब आजै राती हुने अर्जेन्टिना र अष्ट्रेलियाबीच खेलको विजेतासँग पहिलो क्वाटरफाइनल खेल्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np